Logo

अहिले नेपाल-भारत सम्बन्ध सही दिशामा अघि बढिरहेको छ : केसी त्यागी (भिडिओसहित)



काठमाडौं, १८ चैत्र । भारतीय राज्यसभाका पूर्व सदस्य तथा वरिष्ठ राजनीतिज्ञ केसी त्यागीले अहिले नेपाल-भारत सम्बन्ध राम्रो रहेको बताएका छन् । उनले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग आफ्नो सम्बन्ध धेरै पूराना रहेकोपनि स्मरण गराए ।

नयाँ दिल्लीस्थित् नेपाली दूतावासमा प्रधानमन्त्री देउवाको सम्मानमा आयोजित रात्रिभोजमा सरिक नेता त्यागीले पत्रकार ऋषि धमलासँगको कुराकानीमा यस्तो बताएका हुन् । उनले नेपाल र भारतबीच केही पहिले सम्बन्धमा समस्या भएपनि अहिले सुधार भएको उल्लेख गरे ।

उनले अहिले सम्बन्ध सही दिशामा अघि बढिरहेको दाबी गरे । उनले जयप्रकाश र लोहिया भूमिगत भएर नेपाल आएको र नेपालका नेताहरु भारतमा गएको पनि स्मरण गराए । उनले प्रधानमन्त्री देउवा परिपक्व नेता भएको सुनाए । उनले दुई देशबीच भएका सानातिना सम्बन्ध समाधान हुने सुनाए ।

https://www.facebook.com/primetimestvnepal/videos/273385674983958



प्रतिक्रिया दिनुहोस्

Screenshot