Logo

श्रीलङ्कामा सामाजिक सञ्जाल पनि बन्द



काठमाडौं, चैत २० । खाद्यान्न र इन्धन अभावको विरोधमा प्रदर्शन भएपछि श्रीलङ्कामा सरकारले सामाजिक सञ्जालको पहुँचमा अवरोध गरेको छ । त्यहाँ ३६ घण्टाका लागि कर्फ्यूसमेत घोषणा गरिएको छ ।

फेसबुक, ट्विटर र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल खोल्न नमिल्ने बनाएका राष्ट्रपति गोटाबय राजपक्षले सम्बन्धित निकायबाट लिखित अनुमति नलिई कसैले पनि सडक, उद्यान, रेल वा समुद्री तटमा जान नपाउनेगरी निषेधाज्ञासमेत जारी गरेका छन् ।

बिहीवार भिडले राष्ट्रपतिको निजी निवासबाहिर सवारीसाधनमा आगो लगाइदिएपछि थप विरोधप्रदर्शन नहोस् भनेर कडा प्रतिबन्धहरू लगाइएको हो। त्यहाँ अहिले सङ्कटकाल घोषणा गरिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot