Logo

एमालेले निष्कासन गरेका १४ सांसदको मुद्दा आज पुर्ण सुनुवाइ हुँदै



काठमाडौं, २० चैत्र । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निष्कासन गरेका १४ जना सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै सर्वोच्चमा दायर गरेको रिटमा आज पुर्ण सुनुवाई हुँदैछ ।

एमालेले निष्कासन गरेका प्रतिनिधिसभाका १४ जना र लुम्बिनी प्रदेशका २ जना सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले कारबाही नगरेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले रिट दर्ता गरेका थिए । आजको फैसलापछि १४ सांसदको पद जाने वा कायम रहेने टुंगो लाग्नेछ ।

रिट दायर गरेको ७ महिनापछि आज पुर्ण सुनुवाइमा गएको हो । मुद्दाको सुनुवाइ अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्