Logo

असन्तुष्ट डिआईजीहरुको रिटमा आज सुनुवाइ हुँदै



काठमाडौं, २० चैत्र । प्रहरी अतिरिक्त महानिरिक्षक (डिआईजी)पदमा बढ्वामा असन्तृष्टि राख्दै  सर्वाेच्च अदालतमा दायर गरिएको निवेदनको आज सुनुवाइ हुँदैछ ।

डिआईजीहरु घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले गत बिहीबार एआईजीमा बढुवा गर्न सिफारिस गरेको भन्दै सिफारिस गर्ने निर्णय बदरको माग गर्दै रिट दायर गरेका थिए ।

तीन डिआईजीहरुले दायर गरिएको रिटको सुनुवाइका लागि रिटको पेसी न्यायाधीश कुमार रेग्मीको एकल इजलाशमा तोकिएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले एआईजीमा सिफारिस भएका डिआईजीहरुको बढुवा गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot