Logo

चीनमा एकैदिन थपिए १३ हजार कोरोना संक्रमित



एजेन्सी, २० चैत्र । चीनमा एकैदिन १३ हजार बढी कोरोना संक्रमित थपिएका छन् । आइतबार थपिएका १३ हजार १ सय ४६ जना संक्रमित चीनमा पहिलो लहरपछिको उच्च संख्या हो ।

पछिल्लो समयमा चीनमा नयाँ भेरियन्ट ओमिक्रोन १५ भन्दा बढी प्रान्तहरुमा फैलिइसकेको छ । १३ हजार संक्रमित मध्ये १४ सय जनामा लक्षण देखिएको एजेन्सीले जनाएको छ । चीनमा कोभिड प्रभावित प्रान्तका शहरमा सरकारले कडाइ गर्न सुरु गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot