Logo

आइतबार दोहोरो अंकले घट्यो नेप्से, १ अर्बमा सिमित कारोबार



काठमाडौं, २० चैत्र । साताको कारोबारको पहिलो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज ३० दशमलव ८९ अंकले घटेर ३५ सय १३ दशमलव ४१ विन्दु कायम भएको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ६ दशमलव ४४ अंकले घटेर ४६९ दशमलव ३ विन्दुमा थामिएको हो ।

नेप्से परिसुचक अनुसार आज २२५ कम्पनीको १ अर्ब ४६ करोड ७ लाख ७३ हजार ७२९ रुपैयाँ बराबरको ३२ लाख ५३ हजार ८१६ कित्ता शेयर खरिद विक्रि भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot