Logo

श्रीलंकामा सिंगो क्याबिनेटको राजीनामा पछि नयाँ क्याबिनेट बन्दै



एजेन्सी, २१ चैत्र । चरम आर्थिक संकटले टाट पल्टने अवस्थामा पुगेको श्रीलंकाको इतिहासको कठिन मोडमा छ । ऋणको जालोमा परेर श्रीलंका इन्धन देखि परीक्षाको कागज समेत किन्न नसक्ने अवस्थामा छ । जसका कारण प्रदर्शनका कारण हिंसा भड्किएको छ ।

श्रीलंकामा सत्ता नै डगमग हुने अवस्था बनेपछि आइतबार साँझ सिंगो क्याबिनेटले राजीनामा दियो । राजीनामा दिनेमा राष्ट्रपति गोटावाया राजापाक्षेका परिवारका सदस्य समेत छन् ।

प्रधानमन्त्री महीन्द्रा राजापाक्षेबाहेक २६ मन्त्रीले राजीनामा दिएका छन् । अब नयाँ मन्त्रिमण्डल बन्ने भएको छ । नयाँ मन्त्रीहरु आजै नियुक्त हुने बताइएको छ ।

श्रीलंकामा संकटकाल लगाइएको छ । सामाजिक सञ्जालमा अल्पकालिन प्रतिबन्ध लगाइएको छ । श्रीलंकाका मुख्य शहरहरुमा कफर्यु आदेश जारी गरिएको छ ।

विदेशी मुद्रा संचिती रित्तिएपछि श्रीलंका कठिन आर्थिक संकटमा छ । उसले पूर्वाधार विकासका लागि अरबौं डलरको चिनियाँ ऋण महङ्गो ब्याजमा लिएको छ । यसले झन् ठूलो संकट बनाएको छ । श्रीलंकाले ऋणमा सहुलियतको आग्रह गर्दै आएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्