Logo

श्रीलंकालाई भारतले दियो इन्धन



एजेन्सी, २१ चैत्र । चरम आर्थिक संकटमा गुज्रिइरहेको श्रीलंकालाई भारतले इन्धन सहयोग गरेको छ । विदेशी मुद्रा संचिती लगभग सून्यमा झर्न लागेको श्रीलंकालाई भारतले इन्धन दिएको हो ।

श्रीलंकामा ऊर्जा संकटका कारण जनजीवन प्रभावित भएको छ । दैनिक १३ घन्टासम्म लोडसेडिङ्ग छ । संकटका बेलामा सिलोन इलेक्ट्रिक बोर्डलाई ६० लाख लिटर तेल दिएको छ । यो सहयोग सँगै त्यहाँ पेट्रोल र डिजेलको आपूर्ति केही समयका लागि सहज हुने अपेक्षा गरिएको छ ।

श्रीलंकामा इन्धनलगायत दैनिक उपभोग्य सामाग्रीको अभावपछि प्रदर्शनहरु भए । त्यहाँ हिंसा भड्किएपछि संकटकाल घोषणा गरिएको छ । सत्ता नै डगमगाउने घटना विकास भएको छ ।

विदेशी ऋणको पासोमा परेर श्रीलंकाले ठूलो समस्या भोगिरहेको छ । त्यहाँ पूर्वाधार विकासका लागि महङ्गो ब्याजमा चीनसँग ऋण लिइएको छ । उक्त ऋणको ब्याज समेत तिर्न नसक्ने अवस्थामा श्रीलंका पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot