Logo

प्रहरीको विपद् व्यवस्थापन आधारभूत तालिम समापन



काठमाडौं, २१ चैत्र । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा संचालित २५ औं समूहको विपद् व्यवस्थापन आधारभूत तालिम समापन भएको छ ।

उक्त तालिम समापनका अवसरमा आइतबार आयोजित कार्यक्रमबीच सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम लाल ज्ञवालीले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरे।

उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक ज्ञवालीले विपद्को घडिमा नेपाल प्रहरीले सफलतापूर्वक गरेका उद्दार कार्यको चर्चा गर्दै दक्षता र क्षमतालाई सदुपयोग गरी थप उत्कृष्ट काम गर्न तालिममा सिकेका कुराले महत्वपूर्ण भूमिका खेल्ने बताए।

तालिम संयोजक प्रहरी उपरीक्षक अरुण पौडेलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ४५ दिन कार्य अवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक ४ जना, प्रहरी हवल्दार १ जना र प्रहरी जवान २६ जना गरी जम्मा ३२ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्