Logo

मन्त्रीहरुले राजीनामा दिएलगत्तै श्रीलंकामा गर्भनरले पनि दिए



एजेन्सी, २१ चैत्र । श्रीलंकाका केन्द्रीय बैंकका गर्भनरले राजीनामा दिएका छन् । चरम आर्थिक संकट भोगिरहेको श्रीलंकाका गर्भनर अजिथ निर्वाद काबराले आज राजीनामा दिने घोषणा गरेका हुन् ।

आज मात्रै श्रीलंका सबै मन्त्रालयका २६ जना मन्त्रीहरुले संयुक्तरुपमा राजीनामा दिएका थिए । मन्त्रीहरुले राजीनामा दिएलगत्तै गर्भनर काबराले पनि सामाजिक सञ्जाल ट्विटरमार्फत राजीनामा घोषणा गरेका हुन् ।

उनले आजै राष्ट्रपति राजापाक्षेसमक्ष राजीनामा पेस गरेको पनि जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot