Logo

बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष एमाले प्रवेश



काठमाडौं, २१ चैत्र । धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष नेकपा (माओवादी केन्द्र) त्यागेर नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि)लाई अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।

माओवादीका वागमती प्रदेश कमिटी सदस्य समेत रहेका डल्लाकोटीसहित एमाले प्रवेशका लागि जिल्लाका नेताहरू डा. पुष्प कडेल लगायत बालकोट गएका थिए ।

बालकोट पुगेर एमाले प्रवेश गर्न लाग्दा डल्लाकोटीलाई माओवादीका अध्यक्ष पुष्पकमल दाहालको फोन आएको थियो । उनलाई प्रचण्डले त्यसो नगर्न आग्रह गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्