निर्वाचन आयोगले बोलायो ७९ दललाई, आचारसंहिताबारे जानकारी गराउने


काठमाडौं, २२ चैत्र । आसन्न स्थानीय तहको चुनावमा सहभागी हुने सबै राजनीतिक दलहरुलाई निर्वाचन आयोगले मंगलबार बोलाएको छ ।

आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिने ७९ दलका प्रतिनिधिहरुलाई आचारसंहिताबारे जानकारी गराउन ११ बजेदेखि आयोगमा उपस्थिति हुन आग्रह गरेको हो ।

दलहरुलाई आचारसंहिताबारे जानकारी गराउने र ती आचारसंहिता पालना गर्नेछौ भनेर लिखित प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्न लगाउने पनि आयोगले जनाएको छ ।