Logo

गठबन्धन बैठक: निर्वाचन तयारी तथा अनुगमन समिति गठन



काठमाडौं, चैत २२ । सत्तागठबन्धनमा आवद्ध दलका शीर्ष नेताको बैठकले कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बसेको बैठकले यस्तो निर्णय गरेको स्रोतले जनाएको छ ।

साथै बैठकले अर्थतन्त्रको अवस्थालाई मध्य नजर गर्दै राजनैतिक दल, अर्थविद् योजनाविद र सरोकारवाला पक्षसँग बृहत अन्तरक्रियाको आयोजना गर्ने पनि निर्णय गरेको छ ।

स्थानीय तह चुनावको रणनीति तय गर्न केन्द्रित आजको बैठकमा चुनावी तालमेलबारे छलफल भएको थियो ।



प्रतिक्रिया दिनुहोस्