Logo

तीन डीआईजीको मुद्दा आज पनि एकल इजलासमा



काठमाडौं, २२ चैत्र । प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश कार्कीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा भएको बढुवा सिफारिस निर्णयविरुद्ध दायर रिट मंगलबार पनि पेशी तोकिएको छ । न्यायाधीश डा.कुमार चुडालको एकल इजलासमा रिटको पेसी तोकिएको हो ।

आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको थियो । आइतबार र सोमबार पनि हेर्न नमिल्ने सुचीमा राखिएको थियो ।

तीन डीआईजी गृह सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले एआईजी पदमा बढुवा गर्दा विभेद गरेको भन्दै सर्वोच्च अदालत पुगेका हुन् ।

रिटमा उनीहरूले कनिष्ठ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिँदा आफूहरूमाथि विभेद भएको भन्दै बढुवा सिफारिस गर्ने निर्णय बदरको माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot