Logo

भरतपुर महानगरमा कांग्रेसले मेयरमा दाबी गर्दै डेलिगेसन जाने



काठमाडौं, २२ चैत्र । चितवनको भरतपुर महानगरपालिकामा दाबी गर्दै नेपाली कांग्रेसका नेताहरु पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराउने भएका छन् । चितवन कांग्रेसका सभापति राजेश्वर खनालसहित नेताहरुको टोली बुधबार डेलिगेसनका लागि काठमाडौं पुग्ने भएका हुन् ।

यस अघिको स्थानीय चुनावमा कांग्रेसको समर्थनमा भरतपुर उपमहानगरपालिकाको मेयरमा माओवादी अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहाल विजयी भएकी थिइन् । यसपटक पनि माओवादीले नै मेयरको दाबी गर्दै आएको छ ।

तर कांग्रेसले यसपटक आफुहरुलाई सघाउनु पर्ने धारणा राख्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot