Logo

प्रहरी हिरासतमै नेपाली घाँटी रेटिएको अवस्थामा फेला परेपछि…



बुटवल, २२ चैत्र । तामाको तार चोरीको अभियोगमा प्रहरीको हिरासतमा रहेका एक व्यक्तिको घाँटी रेटिएको अवस्थामा प्रहरीले उद्धार गरेको छ । बुटवलस्थित वडा प्रहरी कार्यालयको हिरासतमा रहेका रुद्रबहादुर नेपाली घाँटी रेटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

तामाका तारहरु कवार्ड पसलमा बेच्दै गर्दा पक्राउ परेका नेपालीको हाल लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । सोही स्थानमा तामाको तार चोरी भएको उजुरीको आधारमा अनुसन्धान गर्दा नेपाली बेच्दै गरेको अवस्थामा पक्राउ परेका थिए ।

तर परिवारले भने हिरासतमै घाँटी रेटिएको अवस्थामा फेला परेको भन्दै छानबिनको माग गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्