काठमाडौं, २२ चैत्र । साताको तेस्रो दिन पनि नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । नेप्से परिसुचक ४६ दशमलव ४६ अंकले घटेर २४ सय ५२ दशमलव ६ विन्दुमा थामिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ८ दशमलव ३४ अंकले घटेर ४५८ दशमलव २२ विन्दुमा रोकिएको हो ।
मंगलबार २२८ कम्पनीको २ अर्ब ६७ करोड १२ लाख ३२ हजार ३८८ रुपैयाँ बराबरको ५८ लाख ४१ हजार ९ सय ९८ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ।
आज होटल्स एण्ड टुरिजम बाहेक सबै समुहको नेप्से सुचक घटेका छन् । यो समुहको १५ दशमलव १२ अंकले बृद्धि भएको हो ।




प्रतिक्रिया