Logo

होटलमा जुवातास खेल्ने ५ जना पक्राउ



बाँके,२२ चैत्र । जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । जुवातास खेलिरहेको अवस्थामा कोहलपुर नगरपालिका–११ बसपार्कस्थित होटेल रेडिसनबाट जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

उक्त होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ६२ हजार ६ सय ५० रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्