Logo

सर्वोच्चद्वारा रमेश सिलवालको रिट खारेज, घिसिङ काममा फर्किने



काठमाडौं, २२ चैत । राष्ट्रिय खेलकुद परिषदबाट आफूलाई बर्खास्त गर्ने निर्णयविरुद्ध तत्कालिन सदस्यसचिव रमेश सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

मंगलबार न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलासले उक्त रिट खारेज गरेको हो ।

सरकारले सिलवाललाई बर्खास्त गरेर नियुक्त गरेका सदस्य सचिव टंकलाल घिसिङले काम गर्न पाएका थिएनन् । अदालतको यस निर्णयसँगै उनी काममा फर्किनेछन् ।

फैसला लिखित रुपमा भने आइसकेको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot