Logo

संयुक्त वक्तव्य जारी गर्न भारतले किन ग-यो इन्कार?



काठमाडौं, चैत २३ । तीनदिने भारत भ्रमण पूरा गरेर गत आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किए । विगतमा नेपालका प्रधानमन्त्रीले भारत भ्रमण पूरा गरेकै दिन दुई देशका प्रधानमन्त्रीले संयुक्त वक्तत्व जारी गरेर सन्देश दिने गर्थे । तर, योपटक भने संयुक्त वक्तव्य जारी हुन सकेन ।

नेपालका प्रधानमन्त्री वा राष्ट्राध्यक्ष÷राष्ट्रपतिको भारत भ्रमणका अवसरमा अक्सर संयुक्त वक्तव्य जारी हुन्थ्यो । सो वक्तव्यलाई नेपाल र भारतका विदेश मन्त्रालयले जारी गर्ने गरेकोमा योपटक भने प्रधानमन्त्री देउवाको भारत भ्रमणमा वक्तव्य जारी हुन सकेन ।

प्रधानमन्त्रीको भारत भ्रमणपछि संयुक्त वक्तव्य जारी हुन नसकेको यो पहिलोपटक भने होइन । यसअघि केपी शर्मा ओली सन् २०१६ मा पहिलोपटक प्रधानमन्त्री भएर भारत भ्रमण गरेका बेलामा पनि भारतले संयुक्त वक्तव्य जारी गर्न अस्वीकार गरेको थियो । त्यतिबेला भारतले नेपालले जारी गरेको संविधानको केही बुँदामा असहमति राख्दै आएको थियो ।

भारतले योपटक संयुक्त वक्तव्य जारी गर्न नमान्नुको कारण भने नेपाल–भारतबीच देखिएको सीमा विवाद हो । सीमा विवादको विषय संवादमार्फत हल गरिनुपर्ने कुरा नेपालले उठाएपछि भारतले आफू अनुकूल नहुने भन्दै वक्तव्य जारी गर्न नचाहेको हो । भ्रमण दलबाट फर्किएको परराष्ट्रका अधिकारीका अनुसार नेपालले सीमाको विषय उठाएपछि भारतले अहिलेलाई वक्तव्य जारी गर्ने मनसाय नदेखाएको हो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot