Logo

अध्ययनका लागि अमेरिका छिरेका इलोन मस्क विश्वका सबैभन्दा धनाढ्य



काठमाडौं, २३ चैत्र । विश्वका नयाँ अर्बपतिको सूची सार्वजनिक भएको छ । इलोन मस्क विश्वकै धनाढ्य बन्न सफल भएका छन् । फाबर्सले गएराति सार्वजनिक गरेको नयाँ सूचीमा २१९ अर्ब डलर सम्पत्ति रहेका मस्क नम्बर एक धनी बन्न सकेका हुन् ।

अमेरिकी नागरिक मस्क यातायात क्षेत्रमा क्रान्ति ल्याउन लागेका छन् । उनी पृथ्वी र अन्तरीक्षसम्म रकेटमार्फत् यातायातमा क्रान्ति ल्याउन लागेका हुन् । उनी विद्युतीय कार निर्माता टेस्लामा २१ प्रतिशत सेयर लगानीकर्ता हुन् ।

उनको ट्वीटरमा पनि सेयर छ । स्पेस एक्स, मस्कको रकेट कम्पनी समेत छ । दक्षिण अफ्रिकामा हुर्किएका उनी १७ वर्षमा क्यानडामा बसाईं सरेका थिए । अमेरिकाको पेन्ससिल्भानियामा विद्यार्थीका रुपमा पुगेका थिए ।

विज्ञानका विद्यार्थी उनले भौतिकशास्त्रको सिद्धान्तलाई आत्मासाथ गरेको बताएका छन् । उनले कुनै कुरा उम्लिएर उठेपछि त्यसैबाट कारण खोज्दै उठ्ने विषय राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot