Logo

भारतमा डलर अर्बपति बढेर १६६ पुग्यो, टप टेनमा को को (सूचीसहित)



एजेन्सी, २३ चैत्र । भारतमा डलर अर्बपतिहरुको संख्या बढेको छ । फोबर्सले गएराति सार्वजनिक गरेको सूचीमा भारतमा १६६ जना अर्बपति छन् । गत वर्ष १४० जना रहेकोमा बढेर १६६ पुगेको हो ।

भारतका अर्बपतिहरुको सम्पत्ति गत वर्षको तुलनामा २६ प्रतिशतले बढेको छ । १६६ अर्बपतिहरुको कुल सम्पत्ति ७ खर्ब ५० अर्ब डलर रहेको फोबर्सले जनाएको छ ।

फोबर्सको अर्बपतिको सूचीमा भारतका मुकेश अम्बानी टप टेनमा परेका छन् । उनी विश्वको दशौं धनाढ्यमा परेका हुन् ।

अम्बानीको कुल सम्पत्ति ९० अर्ब ७० करोड डलर पुगेको उल्लेख छ । उनको तेल, ग्याँस र पेट्रोकेमिकल्समा लगानी छ ।

भारतको दोस्रो धनाढ्मा गुजरातका उद्दोगी गौतम अडानी देखिएका छन् । फोबर्सका अनुसार उनको कुल सम्पत्ति ९० अर्ब डलर छ । पूर्वाधारमा उनको लगानी छ । अडानीको कुल सम्पत्ति अम्बानीको भन्दा ७० करोड डलर मात्र कम छ ।

प्राविधिक क्षेत्रका टाइकोन शिव नाडारको कुल सम्पत्ति २८ अर्ब ७० करोड डलर रहेको छ । उनी भारतको तेस्रो धनाढ्य बन्न सफल भएका छन् ।
भ्याक्सिन निर्माता साइरस कम्पनिका मालिक साइरस पुणवाले २४ अर्ब डलर कुल सम्पत्तिसहित चौंथो धनाढ्य बन्न सकेका छन् ।

भारतका धनाढ्यहरु
१. मुकेश अम्बानी
२.गौतम अडानी
३. शिव नाडार
४. साइरस पुणेवाले
५. राधाकृष्ण दमानी
६. लक्ष्मी मित्तल
७. सावित्री जिन्डल
८. कुमार बिरला
९. दिलिप संघवी
१०. उदय कोटक



प्रतिक्रिया दिनुहोस्