Logo

एमालेबाट फर्किएका गाउँपालिका अध्यक्षले प्रचण्डलाई भेटेर भने– परिबन्दमा पारेर बालकोट पुर्याइयो



काठमाडौं, २३ चैत । धादिङको रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि)ले नेकपा (एमाले) प्रवेश गरेको एक दिनमै पुनः नेकपा (माओवादी केन्द्र) फर्किएको घोषणा गरेका छन् ।

आज (बुधबार) बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेर उनले केही मान्छेहरुको परिबन्दमा परेर आफू सोमबार बालकोट पुगेको बताएका छन् ।

डल्लाकोटी सोमबार बालकोटस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेर एमालेमा प्रवेश गरेका थिए।

तर उनले भोलीपल्ट (मंगलबार) विज्ञप्ति निकालेर माओवादीमै फर्किएको घोषणा गरेका थिए ।

‘अध्यक्ष ज्यु, केहि मान्छेको परिबन्दमा परि बालकोट पुगे । यसमा मेरो गल्ती भो । तर मलाई मैले बनाएको पार्टी, कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले २ दिनसम्म छोडेनन, सुत्न पनि दिएनन । मैले आज मेरा कार्यकर्ता र जनताप्रति गर्व गर्छु । र, म २ दिनमै घर फर्केको छु’ अध्यक्ष डल्लाकोटीले
प्रचण्डसँग भने ।
साथै, माओवादी अध्यक्ष प्रचण्डले उनलाई अब काममा फर्कीन निर्देशन दिएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्