Logo

घट्यो सुनको मूल्य



काठमाडौं, २३ चैत । बुधवार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको कारोबार प्रतितोला ९८ हजार ५०० रुपैयाँमा भएको छ ।

त्यसैगरि, यो दिन चाँदीको मूल्य पनि घटेको छ । यो दिन चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधवार अन्तरराष्ट्रिय बजारमा भने सुनको मूल्य बढेको छ । आज न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९२१ डलर ८९ सेन्टसम्म पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot