Logo

महिला संघले सिर्जना सिंहलाई काठमाडौंको मेयरको उम्मेदवार बनाउन दबाब दिने



काठमाडौं, २३ चैत्र । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते हुँदैछ । काठमाडौं महानगरपालिकाको मेयर पदलाई उच्च स्थान दिइने गरिन्छ ।

नेपाल महिला संघ काठमाडौंले मेयरको उम्मेदवार कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहलाई बनाउन पार्टीलाई दबाब दिने निर्णय गरेको छ ।

संघको निर्णय सँगै सिर्जना सिंहको चर्चा फेरी सुरु भएको हो । संघले कम्तीमा ३३ प्रतिशत अध्यक्ष र प्रमुख तथा वडाअध्यक्षमा महिलालाई नै अघि सार्ने निर्णय पनि गरेको छ ।

यस अघि चैत्र गते सिर्जना सिंह आफैले अबको नेतृत्व महिलालाई दिनुपर्छ भन्ने आशयको ट्विट गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot