Logo

राखेपबाट निमित्त सदस्यसचिव थापाले दिए राजीनामा



काठमाडौं, २३ चैत्र । सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को जिम्मेवारी सम्हालेसँगै निमित्त सदस्य सचिव कुलबहादुर थापाले राजीनामा दिएका छन् ।

घिसिङको नियुक्ति विरुद्ध परेको रिट खारेज गर्दै घिसिङलाई मंगलबार सर्वोच्च अदालतले जिम्मेवारी सम्हाल्न बाटो खुलाएको थियो । थापाले हिजो नै घिसिङ समक्ष राजीनामा बुझाएका हुन् ।

घिसिङविरुद्ध १२ मंसिरमा सर्वोच्चमा रिट परेसँगै राखेपको कार्यकारी प्रमुख खाली भएको थियो । थापाले ४ फागुनबाट निमित्त सदस्यसचिवको जिम्मेवारी पाएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot