Logo

धनगढीबाट काठमाडौं उडेको बुद्ध एयर आकस्मिक अवतरण गर्नुको यस्तो छ कारण



काठमाडौं, २३ चैत । धनगढीबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज अचानक नेपालगञ्जमा अवतरण गरेको छ । उडान नं. २५२ को जहाजमा एकजना यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नजिकैको विमानस्थल नेपालगञ्जमा अवतरण गरिएको बुद्ध एयरले जानकारी दिएको थियो ।

९ः१० बजे उडेको बुद्ध एयरको विमानमा सर्वोच्च अदालतका न्यायाधीश बमबहादुर श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएपछि ९ः४२ बजे आकस्मिक अवतरण गर्न परेको स्रोतले जनाएको छ ।  नेपालगञ्जमा न्यायाधीशलाई ओरालेर विमान काठमाडौं फर्केको थियो ।

विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था समेत गरिएको साथै स्वास्थ्यकर्मीको चेकजाँच र यात्रुले ठिक छ भनेपछि विरामी आफन्तका साथ बाहिर निस्कीएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot