Logo

सेञ्चुरी बैंकको नयाँ वर्ष २०७९ को “सेञ्चुरी क्यालेडर” सार्वजनिक



काठमाडौं, २३ चैत्र । सेञ्चुरी बैंकले नयाँ वर्ष २०७९ को “सेञ्चुरी क्यालेडर” सार्वजनिक गरेको छ। बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले एक कार्यक्रमकावीच “सेञ्चुरी क्यालेण्डर २०७९” सार्वजनिक गरेका हुन्।

वित्तीय साक्षरता अभिवृद्धि एवं डिजिटल कारोबार प्रर्वद्धन गर्ने उद्देश्यले नयाँ वर्ष २०७९ को क्यालेण्डरमा निक्षेप, कर्जा, डिजिटल बैंकिङ्गका माध्यमहरु लगायत विभिन्न बैंकिङ्ग सेवाहरुलाई समावेश गरिएको छ । यसबाट वित्तीय साक्षरता र डिजिटल बैंंिकङ्ग सचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्