रेडमि नोट ११ एस र रेडमि नोट ११ प्रो ५जी नेपाली बजारमा


काठमाडौँ, २४ चैत्र । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमि नोट ११ एस्, र रेडमि नोट ११ प्रो ५जी नेपालमा लन्च गरेको छ । हरेक वर्ष एकसेएक नयाँँ प्रविधि र फिचरहरु भएको फोन बजारमा ल्याउन सबैभन्दा अगाडि रहेको शाओमीले अझै पावरफुल अपग्रेड सहित यी नयाँँ फोनहरु बजारमा ल्याएको हो ।

शाओमीले यी फोनहरुको क्यामरा सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले, र एस ओ सि मा उल्लेखनीय सुधार गरेर फ्ल्यागशिप फोनको उपलब्धतालाई झनै सहज बनाएको छ ।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पंडाले भने, “हामीले जुनै पनि नयाँँ काम गर्दा हाम्रा उपभोक्ताहरुको रोजाइ र चाहनालाई ध्यानमा राखेर गर्ने गर्दछौँ । त्यसैले हामी प्रविधिलाई सकेसम्म धेरै भन्दा धेरै मानिसहरु सम्म सहज रुपमा पु¥याउन चाहन्छौँ । हामीले अहिले लन्च गरेको रेडमि नोट ११ एस र रेडमि नोट ११ प्रो ५जी ले फ्ल्यागशिप लेभलको प्रविधिलाई अझै धेरै पहुँचयोग्य बनाउँदै इन्डस्ट्री स्ट्यान्डर्डलाई अझ बढाएको छ र प्रविधिलाई सुलभ मुल्यमा सर्वसाधारणसम्म पुर्याउने हाम्रो मुल मान्यतालाई साकार बनाएको छ।’

रेडमि नोट ११ प्रोमा क्लबउमचबनयल ® टढछ र रेडमि नोट ११ एस् मा मिडियाटेक हेलियो प्रोसेसर रहेको छ । हाम्रो विरासतलाई कायम राख्दै यी गेम चेन्जर फोनहरुले स्टनिङ क्यामराको साथ स्याभेज पर्फर्मेन्स दिन्छन् । यि दुइटै फोनहरुमा ५००० mAh को उच्च क्षमताको ब्याट्रि राखिएको छ ।

१०८ एमपिको प्राइमरी सेन्सर भएको यी फोनहरुमा जिवन्त र हाइ रेजोलुसनको तस्बिरहरु लिन मिल्छ । साथै यसमा भएको ८ एमपिको अल्ट्रा वाइड एङल क्यामराले ११८ डिग्रीसम्मको फोटो लिनुको साथै २ एमपिको म्याक्रो क्यामराले नजिकबाट फाइन डिटेल लिन सक्छ । साथै यसको २ एमपि डेप्थले पोर्ट्रेट फोटोहरुमा नेचुरल बोके इफेक्ट दिन्छ ।

१/१.५२ को सामसँग ज्ःद्द सेन्सर, ९ इन १ पिक्सेल बिनिङ टेक्नोलोजी र डुअल नेटिभ आइएसओ भएको यसको मेन क्यामराले मधुरो प्रकाशमा पनि उच्च गुणस्तरीय तस्विरहरु लिन सक्छ। यसको अगाडि भएको १६ एमपिको क्यामराले क्लियर र नेचुरल सेल्फीहरु लिन सक्छ।