Logo

राजनीतिक संकटले पाकिस्तानी रुपिया इतिहासकै कमजोर



एजेन्सी, २४ चैत्र । राजनीतिक संकटले पाकिस्तानी रुपिया निरन्तर ओरालो लागेको छ । डलरको तुलनामा रुपी निकै कमजोर भएको त्यहाँको मिडिया रिपोर्टमा उल्लेख छ ।

एक डलर बराबर पाकिस्तानी १८८ रुपिया पुगेको छ । यो अहिलेसम्मकै कमजोर अवस्था हो ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेश भएपछि उनले संसद विघटन गरेसँगै त्यहाँ राजनीतिक संकट गहिरिएको हो । उक्त मुद्दा अदालतमा विचाराधीन छ । अर्कोतर्फ, पाकिस्तान ऋणको जालोमा परेको छ । पाकिस्तानको व्यापार घाटा अत्याधिक बढेको छ ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम