Logo

एमालेबाट झरुवारासीमा पुरानै वडाध्यक्ष भाष्कर थापासहितको टीम सर्वसम्मत



ललितपुर, २५ चैत्र । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले)ले ललितपुर गोदावरी नगरपालिका–१३ झरुवारासीमा वहालवाला वडाध्यक्ष भाष्कर थापालाई नै पुन: वडाध्यक्षको उम्मेदवारको रुपमा सर्वसम्मत  चयन गरेको छ ।

२०७४ सालको निर्वाचनमा अत्यधिक बहुमतसहित निर्वाचित भएका थापाले गरेको उत्कृष्ट कामको उच्च मुल्याङ्कन गर्दै वडा पार्टी कमिटिको बैठकले उनलाई पुनः वडाध्यक्षको रुपमा अघि सारेको हो । थापासँगै पाँचै जना पदाधिकारी एमालेबाट निर्वाचित भएका थिए ।

वडाध्यक्ष थापाले आउँदो निर्वाचनमा वडामा अत्याधिक बहुमतका साथ पार्टीको जीत सुनिश्चित रहेको दावी गरे । ‘२०५४ सालको स्थानीय निकायको निर्वाचनमा समेत तत्कालीन झरुवारासी गविसको उपाध्यक्ष निर्वाचित भएको हुँ।’ थापाले भने,‘वडाको विकास र वडाबासीको जीवनस्तर सुधार लगायतका सवालमा उपाध्यक्ष हुँदा देखि नै र वडाध्यक्ष भएपछि कुनै विवाद नआउने किसिमले काम गरेको छु ।’

थापाले आफ्नो फेरि पनि जीत सुनिश्चित भईरहँदा वडाकै केही विपक्षीहरु अताल्लिएर अनेक अल्झन तथा भ्रम सिर्जना गर्न खोजेको टिप्पणी गरे । त्यस्ता गलत तत्वलाई आउने निर्वाचनमा जनताले नै हैसियत देखाउने उनले दावी गरे ।

थापा ०५४ सालको स्थानीय चुनावबाट झरुवारासी गाविसमा उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । निर्वाचित भएको समय अवधि सकिएपनि पनि उनी निरन्तर जनता र आफ्नो क्षेत्रको विकासको काममा खटिदै आएका छन् ।

लामो समयदेखि राजनीतिमा लागेका थापासँग नगरपालिकामा सामाजिक विकास समितिको संयोजक भएर काम गरेको समेत अनुभव छ ।

 



प्रतिक्रिया दिनुहोस्