Logo

होटल आनन्द र पशुपति विकास कोषको करार रद्द नगर्न काठमाडौं जिल्ला अदालतको आदेश



काठमाडौं, २५ चैत । जिल्ला अदालत काठमाडौंँले पशुपति विकास कोषको धर्मशालामा बतास समूहले होटल सञ्चालनका लागि पशुपति विकास कोष र होटल आनन्दबीच भएको करार सम्झौता रद्द नगर्न अन्तरकालीन आदेश दिएको छ ।

जिल्ला न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले शुक्रबार अन्तरकालीन आदेश दिएको हो । अदालतले करार रद्द गर्नुको कारणबारे लिखित जवाफ दिनसमेत पशुपति विकास कोषका नाममा कारण देखाऊ आदेश दिएको हो ।

अन्तरकालीन आदेश दिएपछि जिल्ला अदालत काठमाडौंले पशु्पति विकास कोषलाई १५ दिन भित्र लिखित जवाफ पेस गर्न र अन्तकारकालीन आदेशअनुसार व्यवसायमा कुनै असर नपार्न भनिएको छ ।

पशुपति विकास कोषले एकतर्फी रुपमा करार रद्द गरेको भन्दै होटल आनन्द अदालत पुगेको थियो ।



प्रतिक्रिया दिनुहोस्