नेपाल बारमा गठबन्धनको प्यानलै विजयी, एमाले पराजित


काठमाडौं, २५ चैत्र । नेपाल बार एसोसिएसनमा सत्तागठबन्धन निकट प्यानलका उम्मेदवारहरु विजयी भएका छन् ।

कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पुर्व अध्यक्ष समेत रहेका गोपाल घिमिरे बारको अध्यक्षमा विजयी भएका हुन् । घिमिरेले ४४ सय ३३ मतसहित उनका निकटतम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीलाई पराजित गराएका हुन् । अधिकारीले २४ सय ८२ मत ल्याएका छन् ।

घिमिरेसहित सबै पदमा गठबन्धनकै उम्मेदवारहरु निर्वाचित भएका छन् ।

बारको महासचिवमा गठबन्धनकै उम्मेदवार अञ्जिता खनाल र कोषाध्यक्षमा भरतबहादुर राउन निर्वाचित भएका छन् । खनालले ३६ सय ८२ मत ल्याएकी छन् । अन्य पदाधिकारीहरुमा पनि अध्यक्ष घिमिरेकै प्यानलका उम्मेदवार निर्वाचित भएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट समुह पराजित भएको छ। गत चैत्र १९ गते भएको बारको निर्वाचनमा ७ हजार ४२९ मत खसेको थियो । २५ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ ।