Logo

संक्रामक तथा सरुवा रोग अस्पतालका अध्यक्षसहित चार पदाधिकारी पदमुक्त



पोखरा, २५ चैत्र । संक्रामक तथा सरुवा रोग अस्पताल अध्यक्षसहित चार पदाधिकारी पदमुक्त भएका छन् । तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले नियुक्ति गरेका समितिका अध्यक्ष प्रा.डा.कृष्णप्रसाद पौडेलसहित ४ पदाधिकारीहरुलाई प्रदेश सरकारले पदमुक्त गरेको हो ।

पौडेलसहित धु्रव अधिकारी, मेजर रामप्रसाद गुरुङ र सुर्यकुमारी बञ्जारालाई सेवा सम्पादन नभएको भन्दै स्पष्टिकरण मागेको थियो । उनीहरुको जवाफ चित्त बुझ्दो नभएको प्रदेशले जनाएको छ ।

चार पदाधिकारीलाई व्यवस्थापन तथा सञ्चालन समिति गठनादेश २०७७ बमोजिम अध्यक्षबाट हटाउने निर्णय गरेको गण्डकी प्रदेशले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot