Logo

काँग्रेस (वी.पी.)बाट तारकेश्वरमा सर्वसम्मत उम्मेदवार चयन



काठमाडौं, २५ चैत्र । आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि नेपाली काँग्रेस (वी.पी.) तारकेश्वर नगरपालिका वडा नम्बर २ ले सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको छ ।

बिहिबार नेपाली काँग्रेस (वी.पी.) का उप–सभापति विष्णुप्रसाद ढकालको उपस्थितिमा भएको भेलाले वडा अध्यक्षतामा रंजित घलेलाई चयन गरेको हो ।

त्यस्तै, दलित महिला सदस्यमा सरिता बि.क., खुल्ला महिला सदस्यमा गोमा फुयाँलि, सदस्यहरुमा लक्ष्मण भण्डारी र नारायण तामाङलाई सर्वसम्मत रुपमा उम्मेदवार उठाउने निर्णय गरेको भेला पछि केन्द्रीय उपसभापति ढकालले जानकारी दिए ।

तारकेश्वर नगरपालिकाको मेयरका लागि उपसभापति ढकालको चर्चा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot