Logo

काठमाडौं र पोखरा महानगरमा एकीकृत समाजवादीको दाबी छः झलनाथ खनाल



काठमाडौं, २६ चैत । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले काठमाडौं र पोखरा महानगरपालिकामा आफ्नो पार्टीको दाबी रहने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले भने, “५ दलीय गठबन्धन लोकतन्त्र र संविधान बचाउनका लागि हो । कसलाई कसको बैसाखी भनिरहनु आवश्यक छैन । कांग्रेसले ४ दलको बैसाखी टेकेको छ, ४ दलले कांग्रेसको बैसाखी टेकेको छ । कुनै पनि पालिकामा नेकपा एकीकृत समाजवादीसँग उम्मेदवार बन्ने रेडी मान्छे छन् । हामीसँग एक मात्र होइन, अनेक उम्मेदवार छन् । हामीले काठमाडौं, पोखरा, र तुलसीपुरमा दाबी गरेका छौं ।”
उनले नेपाली कांग्रेसका स्थानीय तहमा एक्लै लड्छौं भन्ने देखिए पनि तिनीहरु निस्तेज हुने दाबी गरे । उनले भने, “नेपाली कांग्रेसका कतिपय नेता कार्यक्र्ताले तलतल रुखमै भोट हाल्ने हो भनेका छन् । सबै आफंैले मात्र गरौं भन्ने सोच हुन सक्छ । तर स्थानीय तहमा कसको कति शक्ति छ ? कस्तो स्थिति छ ? त्यो हेरेर हामीले त्यस्तो जटिलता समाधान गर्दै जानपर्छ ।”
नेता खनालले निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना हुनुपर्ने औंल्याए । उनले थपे, “निर्वाचनलाई धनतान्त्रिक मसलतान्त्रिकले दुरुपयोग गर्ने हिसाबले लागिरहेका छन्, त्यसलाई आचारसंहिताले रोक्न सक्छ । बोरामा पैसा बोकेर हिँड्नेलाई आयोगले नियन्त्रण गर्नुपर्छ ।”
राजदूत नियुक्तिमा तपाईंका व्यक्ति परे कि परेनन् भन्ने पत्रकार धमलाको प्रश्नमा खनालले भने, “मेरो वा अरुको व्यक्ति पर्ने नपर्नेभन्दा पनि हाम्रो पार्टीका तर्फबाट राजदूतका लागि तीन जना सिफारिस भएका हुन् । पार्टी कमिटीले नै निर्णय गरेर सिफारिस गरेकाले कुनै मतभदे छैन । मेरो भनाइ के भने पश्चिमा मुलुकसँगै चीन, जापानको राजदूत लामो समय खालि कुरा उपयुक्त थिएन । ढिलो भए पनि त्यसको क्षतिपूर्ति भएको छ ।”
सरकारी नियुक्तिमा परिवारवादी चिन्तन गलत भएको पनि उनले औंल्याए । खनालले भने, “परिवारका योग्य मानिस छन् भने अघि बढ्नै दिनैहुँदैन भन्ने छैन । तर परिवार वा नातागोतालाई प्रोत्साहित गर्ने प्रवृत्ति सामन्तवादी समाजको प्रतिबिम्ब हो । परिवारवादी चिन्तन गलत हो । त्यसमा नेताहरु गम्भीर हुनैपर्छ ।”
उनले गभर्नर महाप्रसाद अधिकारीको निलम्बनबारे आफूलाई थाहा नभएको बताए । उनले भने, “यो निर्वाचनको पूर्वघडी हो । आचारसंहिता लागू भैसक्यो । अब कुनै पनि निर्णय गर्न सम्भव छैन । त्यसबारे टीकाटिप्पणी र समीक्षा गर्ने मात्र हो । गभर्नर हटाएको कुरा मलाई बिलकुल थाहा छैन । गभर्नरले के गल्ती गर्नुभयो ? उहाँमाथि किन कारबाही भयो ? यसबारे थाहा नभईकन टिप्पणी गर्दिनँ । तर गभर्नरलाई हटाएर अर्थतन्त्रका विद्यमान समस्या समाधान हुने चाहिँ होइन ।”
नसक्ने पनि केसीले दाबी गरे । उनले भने, “निर्वाचन आयोग निरीह छ । खालि रमिते भएर हेर्छ । ठूला पार्टीले कसरी मत खरिद गर्छन् ? आचारसंहिता देखाउने दाँत मात्र हुनुहुँदैन ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot