Logo

माधव नेपालले गरे स्थानीय चुनाव सर्न सक्ने संकेत



काठमाडौं, २६ चैत्र । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले ३० वैशाखमा गर्ने तय भएको स्थानीय चुनाव सर्नसक्ने संकेत गरेका छन् । उनले २०७९ को असोजमा मात्र ५ वर्ष कार्यकाल पूरा हुने जनप्रतिनिधिहरुको संवैधानिक अधिकार हरण भएको भन्दै त्यस्तो संकेत गरेका हुन् ।

संविधानले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल ५ वर्षको हुने व्यवस्था गरेको भन्दै नेता नेपालले राजधानीमा आयोजित पार्टीको कार्यक्रममा भने,’असोजमा निर्वाचित भएकाको ५ वर्ष पुगेको छैन । ५ वर्ष नपुगेकाहरुको भावनाको विपक्षमा निमर्णय गरेको कुरा उठिरहेको छ ।’ नेता नेपालले जे सुकै निर्णय आउन सक्ने बताए ।

कतिपयले वैशाख ३० को चुनाव के हुन्छ भन्दै अशंका गरिरहेको उल्लेख गरे । उनले भने, ‘जे हुन्छ हुन्छ, अहिले वैशाख ३० को तयारीमा जुटौं ।’
यसअघि रिपोर्टर्स नेपालले स्थानीय चुनाव केही पर सार्नेबारे सत्ता गठबन्धनले तयारी गरेको खुलासा गरेको थियो । आज नेता नेपालले त्यसतर्फ संकेत गरे ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot