Logo

कला प्रदर्शनी जारी



काठमाडौं, २६ चैत्र । गिरिजाप्रसाद कोइराला फाउण्डेशन कला विभाग नेपाल र ड्रिम आर्ट वल्ड भारतको संयुक्त आयोजनमा “इन्टरनेसनल फेण्डसिप कला प्रदर्शनी” जारी छ । मिथिला यें आर्ट ग्यालरीमा भइरहेको प्रदशंनी २४ चैत्रयता चलिरहेको छ । प्रदर्शनी चैत्र २८ गतेसम्म जारी रहने छ ।

प्रदर्शनीमा भारतलगायत नेपालका कलाकारहरुको सहभागिता रहेको छ, जसमा संयुक्तरुपमा ३१ जना कलाकारहरुको विभिन्न शैली र विषयवस्तुका जम्मा ४० थान कलाकृतिहरु राखिएका छन् ।

२४ चैत्रमा कला कार्यक्रमको उदघाटन पूर्व उपप्रधान मन्त्री एवं नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले गरेकी थिइन्। कार्यक्रममा नेतृ कोइरालाले फाउण्डेशन नेपाली कलाको विकास र प्रचारमा रहेको जानकारी दिइन् । कलाको सन्दर्भमा दुई देशको सम्बन्ध दर्विलो बनाउने मामलामा संस्थाले यस्ता कार्यक्रमहरूको आयोजना गरेको र भविष्यमा पनि गर्दै जाने प्रदर्शनीमा उपस्थित रहेका कलाकार र दर्शक माझ सार्वजनिक गरिन् ।

उद्घाटन अवसरमा प्रमुख अतिथिमा रहनु भएका वरिष्ठ कलाकार एवं कला प्राध्यापक कृष्ण मानन्धरले भारतका र नेपालका कलाकारहरुको यस संयुक्त कार्यक्रमले नेपाली कलाकारले भारतीय र भारतका कलाकारले नेपाली कला शैली र कला गतिविधिमा आआफ्ना अनुभव साट्ने, सिक्ने जान्ने अवसरको सृजना हुने बताएका थिए । उनले आफैले लाइभ कला सृजना गरेर संयुक्त कला प्रदर्शनीको उद्घाटन गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्