Logo

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त



काठमाडौं, २७ चैत । पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् ।

खान विरूद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव पारित भएसँगै उनी पदमुक्त भएका हुन् ।

शनिबार मध्यरातमा संसदमा भएको मतदानमा खानको विपक्षमा १७४ सांसदले मतदान गरेपछि उनले विश्वासको मत गुमाएका हुन् । पाकिस्तानको नेशनल एसेम्बलीमा ३४२ सदस्य छन् । अविश्वासको प्रस्तावमा १७४ मत परेको थियो ।

पाकिस्तानको इतिहासमै पहिलोपटक प्रधानमन्त्री खान अविश्वासको प्रस्ताव पारित भएर पदमुक्त भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्