Logo

फ्रेन्च लिग वानः नेयमार र एमबाप्पेको ह्याट्रिकमा पीएसजीको जित



काठमाडौं, २७ चैत । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शानदार जित निकालेको छ ।

शनिबार राति भएको खेलमा पीएसजीले क्लेरमोन्ट फुटमाथि ६–१ गोल अन्तरको जित निकालेको हो ।

पीएसजीलाई जित दिलाउन नेयमार र केलियन एमबाप्पेले ह्याट्रिक गरे ।

खेलको छैटौं मिनेटमा नेयमारको गोलबाट पीएसजीले सुरुआती अग्रता बनाएको थियो ।

१९औं मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

४२औं मिनेटमा जोडेलले गोल गर्दै क्लेरमोन्टलाई २–१ को अवस्थामा ल्याए ।

तर, ७१औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए ।

७४औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दा पीएसजी ४–१ को अवस्थामा ल्याए ।

साथै, ८०औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दै टोलीलाई ५–१ को अग्रता दिलाए ।

खेलको ८३औं मिनेटमा नेयमारले ह्याट्रिक पूरा गर्दै पीएसजीलाई ६–१ गोलको जित दिलाए ।

यस जितसँगै पीएसजी ७१ अंकका साथ शिर्ष स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्