Logo

एनआइसी एसिया बैंकका सिईओ रोशनकुमार ‘म्यानेजर अफ दी इयर’ बाट सम्मानित



काठमाडौं, २७ चैत । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने ‘म्यानेजर अफ दी इयर’ बाट सम्मानित भएका छन् ।

म्यानेजमेन्ट एसोसिएसन अफ नेपालले व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै न्यौपानेलाइ ‘म्यानेजर अफ दि इयर २०२२’ बाट सम्मान गरिएको आयोजकले बताएको छ ।

५ वर्षको कार्यकालमा उनले बैंकको कुल कर्जा करिब ७३ अर्ब रुपैयाँबाट करिब ४ गुणाले बढाएर २७४ अर्ब रुपैयाँ पुर्याएका छन् ।

त्यस्तै, गरी निक्षेप संकलन पनि ८६ अर्ब रुपैयाँबाट करिब ४ गुणाले बढेर ३०० अर्ब रुपैयाँ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्