Logo

अवस्था यस्तै रहे देशमा पैसा छाप्न समेत असम्भव हुन्छ: सुरेन्द्र पाण्डे



काठमाडौं, २७ चैत । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आर्थिक संकट लम्बिएर गए नोट छाप्न समेत सम्भव नहुने बताएका छन् । उनले फुल गभर्नरले मात्र नोट छाप्न पाउने भन्दै गभर्नर नभएको अवस्थामा नोट छाप्न नसकिने बताएका हुन् ।

मुलुकको विद्यमान आर्थिक अवस्थाका बारेमा नेकपा (एमाले)का पूर्वअर्थमन्त्रीहरुले काठमाडौंको कुपण्डोलस्थित होटल हिमालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले विदेशबाट आएको पैसा नरोक्न राष्ट्र बैंकलाई पत्र लेख्ने अधिकार अर्थमन्त्रीलाई नभएको भन्दै अर्थमन्त्रीमाथि कारबाही हुनुपर्ने बताए ।

साथै, उनले यस वर्ष ५७ अर्ब अनुदान आउछ भन्ने अनुमान गरेकोमा १३ अर्ब मात्र प्राप्त रहेको भन्दै वैदेशीक मुद्राको चाप बढेको बताए ।

उनले अझै केहि समय पर्यटन क्षेत्र अगाडी बढ्ने सम्भावना नरहेको बताए ।

‘युक्रेन युद्धका कारणले ५० लाख मान्छे यूरोपमा सरणार्थी भएका छन् । अमेरिका र यूरोपको ध्यान उनको स्यारसुशारमा केन्द्रीत रहेको छ । त्यसैले पर्यटन क्षेत्रबाट विदेशी मुद्रामा नेपाल भित्रिने अवस्था छैन् । एक समय अझै यो परिस्थितीबाट गुज्रीने अवस्था छ,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot