Logo

एमालेले भरतपुरमा देवी ज्ञवालीको प्रस्तावमा सुवेदीलाई उम्मेदवार बनाउने



चितवन, २७ चैत्र । नेकपा (एमाले)ले भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ । आज बसेको पार्टीका उप–महासचिव प्रदिप ज्ञवालीसमेतको उपस्थितिमा भएको महानगर कमिटिको बैठकले नेता सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

बाग्मती प्रदेश सभाका सदस्य समेत रहेका सुवेदी चितवन निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेश सभामा निर्वाचित भएका थिए। सुवेदीलाई मेयरको उम्मेद्वार बनाउन पोलिटब्युरो सदस्य ज्ञवालीले प्रस्ताव  गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot