Logo

पञ्चकन्या गाँउपालिकाको अध्यक्षमा वाइसिएल बागमती प्रदेश संयोजक गौतमको चर्चा



काठमाडौ, चैत २८ । नुवाकोटको पञ्चकन्या गाँउपालिकामा आसन्न स्थानीयतहको निर्वाचनमा अध्यक्षको उम्मेदवारको रुपमा नेकपा माओवादी केन्द्रबाट राजन गौतम ‘ नकुल’ को चर्चा चुलिएको ।राजनीतिक परिवर्तनको लागी जनयुद्धका नायकसमेत कहलिएका युवा माझ लोकप्रिय गौतमको नाम चर्चामा रहेको छ ।

युवा माझ लोकप्रिय व्यक्तिको रुपमा रहेका गौतम जनताको हरेक दुःखसुखको सहयात्री, जनतालाई सेवा प्रवाह सरल रुपमा दिनुपर्छ भन्ने मान्यतामा जोड दिदै आएका छन् । पालिकाको विकास कसरी गर्नुपर्छ भनेर अहिलेका जनप्रतिनिधिका असल सल्लाहकारको रुपमा समेत रहेका गौतमलाई अहिले वडा वडामा भइरहेको भेलामा गौतमको चर्चा सुरु भएको छ।

यो पटक अध्यक्ष उपाध्यक्ष कसलाई बनाउने भनेर वडाले भन्दा पनि पालिकाले सिफारिस गर्ने भएकाले हामीले उहाँलाई अध्यक्ष बनाउनुपर्छ भनेर पठाउन नपाएको तर सबै युवाको माग अब गाँउपालिकाको अध्यक्षमा राजन गौतम हुनुपर्छ भन्ने छ, वडाभेलामा सहभागी युवाले भने ।

गौतम पाटी पक्तिमा मात्रै होइन विपक्षी पाटीमा पनि उत्तिकै लोकप्रिय रहेका छन । जनताको सेवा प्रवाह गुणस्तरीय, गाँउपालिकाको विकासको योजना सहित प्रस्तुत भएका उनको दक्षता र क्षमता विपक्षी पार्टीका उम्मेदवारलाई चुनौतीको रुपमा देखिएको छ ।

सानै देखि बिद्रोही स्वभावका गौतम अखिल क्रान्तिकारीमा आबद्ध भएर २०५६ बाटै परिवर्तन को संघर्षमा होमिएका हुन् । त्यतिबेला शैक्षिक विकासका लागि थानापतिको जनज्ञान माबिको शैक्षिक सुधारका माग सहित तालाबन्दी गर्दा उनको प्रमु इसख भूमिका थियो । त्यहींबाट उनको मनमा क्रान्तिको भावना अंकुरित भयो । त्यसपश्चात विद्यार्थि हरुलाई संगठित गरेर आन्दोलनलाई अघि बढाउन लागि परे ।

माओवादी आन्दोलनलाई बिस्तारै आफ्नो मन मुटुमा राखेर तमाम समस्याको हल माओवादी आन्दोलनले मात्र गर्न सक्दछ विश्वाससहित उनी २०५८ देखि माओबादीले सुरुवात गरेको जनयुद्धमा पूर्णकालीन भएर होमिएका थिए। त्यसपछि उनी निरन्तर युद्धको मोर्चाको अग्रभागमा रहेर काम गरिरहे ।

दर्जनौं सैन्य कारवाहीमा सहभागी उनी मकवानपुरको पशुपतिनगरमा भएको कारवाहीको क्रममा घाइते भएका थिए । पार्टी शान्ति प्रक्रियामा आएपछि उनीपनि क्यान्टोनमेन्टमा गए । उनी चितवनको शक्तिखोरमा केहि समय पछि पार्टीको निर्देशन अनुरूप वाइसियल नेपालको रसुवा जिल्ला अध्यक्षको हैसियतले पार्टी काममा फर्किए ।

२०६३ को शान्ति प्रकिया पछि क्यान्टोनमेन्ट बाट सिधै रसुवा गएर युवा मोर्चा समाल्दै पार्टी गतिविधिमा सक्रिय बनेका गौतम वाइसिएल नेपालको केन्द्रीय सदस्य हुँदै हालसम्म वाइसिएल बागमती प्रदेश संयोजक र स्थायी समिति सदस्यको जिम्मेवारीमा रहेका छन ।

पार्टी सदस्य, एरिया सदस्य, जिल्ला सदस्य, राज्य समिति सदस्य, केन्द्रिय महाधिवेशन आयोजक कमिटी सदस्य, पञ्चकन्या गाउपालीका इन्चार्ज लगायतको जिम्मेवारीमा रहेर पार्टी काम मा सक्रिय रहे रहेका गौतम नेकपा हुँदा नुवाकोट क्षेत्र न १ को सचिवको जिम्मेवारीमा रहेका थिए । पार्टी जिम्मेवारीलाई जस्तोसुकै कठिन परिस्थिति मा पनि पुरा गर्ने सामर्थ्य राख्ने भएकोले पनि पार्टी नेतृत्व माझ उनी परिचित छन् ।

यस्तो छ गौतमले चाहेको गाउँपालिका निर्माणको योजना
पञ्चकन्या गाउँ पालिका पुनर्संचना भए पछि यसको दिगो विकास लगायत समग्र लागि प्रयत्न गर्ने मध्येको एक व्यक्ति उनी गौतम । पर्यटन, कृषि, औद्योगिकीकरण गरेर निर्वाहा मुखी भन्दा व्यवसायिकरण गरेर समृद्धि हासिल गर्न सकिने उनको विश्वास रहेको छ ।

साथै यस पालिका र अन्य पालिकामा रहेको प्राकृतिक श्रोत साधनको समेत भरपुर उपयोग मार्फत यहाको विकास हुनसक्ने उनको तर्क छ । यसको लागि गुरु योजना निर्मण गरी जानुपर्ने उनको तर्क छ । धार्मिक पर्यटनको विकास गरेर यस ठाउँमा आन्तरिक र बाह्य पर्यटनको विकास हुनसक्छ । यसकै लागि उनको गाउँपालिकामा उम्मेदवारी आवश्यक देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्