Logo

पाकिस्तानमा को बन्ला प्रधानमन्त्री ?



एजेन्सी, २८ चैत्र । पाकिस्तानमा प्रधानमन्त्रीका लागि संसदमा चुनाव हुने भएको छ । प्रतिष्पर्धामा त्यहाँको पञ्जाब प्रान्तका पूर्व मुख्यमन्त्री सेहवाज सरिफ र पूर्व विदेशमन्त्री साह महमुद कुरेसी छन् ।

सरिफ पूर्व प्रधानमन्त्री नवाज सरिफका भाई हुन् । कुरेसी पूर्व प्रधानमन्त्री इमरान खान नेतृत्वको दल पाकिस्तान तेहरिक इ इन्साफका नेता समेत हुन् ।

अविश्वासको प्रस्ताव पारित भएपछि इमरान खानको सरकार ढलेपछि त्यहाँ नयाँ प्रधानमन्त्रीको चुनाव हुन लागेको हो । खानले आफूलाई विदेशीले योजनावद्ध तरिकाले सरकारबाट हटाएको बताउँदै आएका छन् ।

यसैगरी, इमरान खानको दलले सरिफलाई रोक्नुपर्ने भन्दै विरोध प्रदर्शन गर्न थालेको छ ।

यसैगरी, इमरान खानको दलले सरिफलाई रोक्नुपर्ने भन्दै विरोध प्रदर्शन गर्न थालेको छ । उनीहरुले सांसद पदबाटै राजीनामा दिने धम्की दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्