Logo

पाँच दलीय गठबन्धनसँग देश बनाउने भिजन छैन् : शंकर पोखरेल



काठमाडौं, २८ चैत्र । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले भुकम्पले थिलोथिलो भएको देशलाई उठाएको स्मरण गराएका छन् । उनले एमाले जनताका मुर्झाएका सपनालाई जगाएको पनि दाबी गरेका छन् । उनले अहिलेको सत्तापक्षीय गठबन्धनसँग देश बनाउने भीजन नै नभएको जिकिर गरे ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्–”भुकम्पले थिलोथिलो भएको देशलाई उठायो । जनताका मुर्झाएका सपनालाई जगायो । विकास र समृद्धिको यात्रामा सिंगो देशलाई अघि वढायो । स्वाधिनता र स्वाभिमानको नयाँ यात्राको थालनी गर्दै गुमेको भुभाग समेटेर नयाँ नक्सा प्रकाशित गर्यो । तर मुद्दामामिलागरी परामादेशवाट आएको गठवन्धन सरकारले देशको अर्थतन्त्रलाई उठाउनै कठिन हुनेगरी थला वसायो । तर पनि स्वर उनिहरुकै ठुलो छ गठवन्धन गरेर एमालेलाई हराउछौ । कस्तो विडम्वना( पाँच दलिय गठवन्धनसंग न कुनै देश बनाउने भिजन छ नत कुनै गन्तव्य र लक्षनै ।”



प्रतिक्रिया दिनुहोस्