Logo

चरेशसहित एकजना पक्राउ



कञ्चनपुर, २८ चैत्र । अवैध लागुऔषधसहित एकजना पक्राउ परेका छन् । शुक्लाफाँटा नगरपालिका–६ कसरौलबाट १ किलो ४ सय २२ ग्राम अवैध लागुऔषध चरेश जस्तो देखिने पदार्थ सहित दार्चुला मार्मा गाउँपालिका–२ बस्ने २६ वर्षीय अनिस भन्ने मान राम धामीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

से.४ प ४२११ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको जनाएके छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot