आज पनि थामिएन नेप्सेमा पहिरो, २ अर्बमा सिमित कारोबार


काठमाडौं, २८ चैत्र । शेयर बजारमा आज पनि दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज ४४ दशमलव ६४ अंकले घटेर २४ सय १९ दशमलव ७१ विन्दुमा थामिएको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ९ दशमलव ३८ अंकले घटेर ४५४ दशमलव ३७ विन्दुमा रोकिएको छ ।

आज नेप्सेमा २३३ कम्पनीको २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६२८ रुपैयाँ बराबरको ५ लाख ९५ हजार ८३४ कित्ता शेयर खरिद विक्रि भएको हो ।