Logo

रुसले गहुँको निर्यात कर बढाएपछि…



एजेन्सी, २८ चैत्र । रुसले गहुँको निर्यात करमा भारी वृद्धि गरेको छ । प्रतिटन गहुँको निर्यातमा रुसले वृद्धि गरी १०१ डलर पुर्याएको छ ।
रुसको कृषि मन्त्रालयले शुक्रबार १३ देखि १९ अप्रिलमा गहुँको निर्यातमा भारी वृद्धि गरेको घोषणा गरेको हो । रुसले पहिलोपटक निर्यातमा यति धेरै वृद्धि गरेको हो ।

रुसले जौं र मकैंको निर्यात करमा पनि व्यापक वृद्धि गरेको छ । वृद्धिसँगै जौंको ७५ र मकैंको ७० प्रति टन निर्यात कर लाग्नेछ ।
रुसले विश्वमा सर्वाधिक गहुँको निर्यात गर्दछ । मकैं र जौं निर्यातमा पनि रुस माथि छ ।

रुसले गहुँ, मकैं र जौंको निर्यात कर बढाएपछि विश्व बजारमा खाद्यान्नको मूल्य झन् बढ्ने भएको छ । विश्वबजारमा गहुँ, मकैं र जौंबाट उत्पादित सामाग्रीको मूल्य आकाशिएको छ । बिस्कुट र पाउरोटी कारखानाहरुले मूल्य वृद्धि देखि तौल घटाउने सम्म गर्न थालेका छन् ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्