Logo

मेलम्चीको पानी फेरि उद्घाटन हुने



काठमाडौं, २८ चैत्र । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा आयोजना पूरा नहुँदै हतारमा मेलम्ची खानेपानीको उद्घाटन गरियो । भृकुटीमण्डपमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई लगेर मेलम्चीको पानी धारा बनाएर झारियो । पानी झरेपछि केही दिनपछि फेरि निर्माण कार्य गर्नुपर्ने भन्दै रोकियो ।
यसै वर्ष वर्षामा मेलम्चीमा बाढी आएर आयोजनाको सुरुङको मुख नै पुरियो । मेलम्चीको भेलले ड्याममा समेत क्षति पुग्यो ।

सरकारले ड्याम र सुरुङको मुखको पुरुवा निकाल्न करोडौंको बजेट विनियोजन गरेर ठेक्का लगायो । अब फेरि मेलम्चीको पानी काठमाडौंमा झार्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा पुग्दैछन् । उनले पानी पठाउने कामको उद्घाटन गर्दैछन् ।

मेलम्चीको पानी पुनः काठमाडौंमा झार्ने कार्यक्रमको देउवाले उद्घाटन त गर्नेछन् तर पानी निरन्तर आउने छैन । फेरि निर्माण कार्य भन्दै रोकिनेछ । उद्घाटनका लागि मात्र मेलम्चीमा देउवा जाँदैछन् ।

ओलीले निर्माण पूरा नहुँदै उद्घाटन गरे । देउवाले पनि यही कामलाई निरन्तरता दिदैछन् । चुनावको मुख पारेर उद्घाटन गर्नुलाई अर्थपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्